भोलि देखि सरकारी कार्यालय पनि बन्द हुँदै
नेपालखोज
२०७६ चैत १० गते १८:४८
काठमाण्डौ । सरकारले कर्मचारीहरूलाई घरमा स्टयान्डबाई बस्ने गरी भोलिदेखि विदा दिने भएको छ।
कोरोना भाइरसको संक्रमण रोकथाम लागि बनेको उच्चस्तरीय समितिले भोलिदेखि अत्यावश्यकबाहेकका सबै सरकारी कार्यालय बन्द गरेर कर्मचारी घरमै बस्ने निर्णय गर्न लागेको बताइएको छ ।
त्यसो हुँदा कोरोना भाइरसको रोकथामका लागि बनेका विभिन्न समितिमा रहेका कर्मचारीमात्र कार्यालय गए पुग्छ।
समितिको बैठक अहिले सिंहदरबारमा बसिरहेको छ।
सम्बन्धित
प्रतिक्रिया