शनिबार, जेठ ३२, २०८२

भोलिबाट नेपाल लक डाउन हुने, सबै गाडी बन्द

नेपालखोज २०७६ चैत १० गते १२:४८

काठमाडौँ। भोलि मंगलबारबाट नेपाल लक डाउन हुने भएको छ । सरकारले भोलिबाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको हो । कोरोना भाइरस (कोभिड १९)को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको हो ।

फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि कोरोनासम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले भोलि मंगलबार विहान ६ बजेबाट एक सातासम्म सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको हो ।

खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने बाहेक अरु सवारी साधन पनि चलाउने पाइने छैन ।

प्रतिक्रिया