आजबाट नेपाल लक डाउन
नेपालखोज
२०७६ चैत ११ गते ६:५६
काठमाडौँ। आज मंगलबारबाट नेपाल लक डाउन भएको छ । सरकारले आजबाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको हो । कोरोना भाइरस (कोभिड १९)को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको हो ।
फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि कोरोनासम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले आज मंगलबार विहान ६ बजेबाट एक सातासम्म सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको हो ।
खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने बाहेक अरु सवारी साधन पनि चलाउने पाइने छैन ।
सम्बन्धित
प्रतिक्रिया