लकडाउन उल्लंघन गरेमा सजाए के ?
नेपालखोज
२०७६ चैत ११ गते ७:०९
काठमाडौं । आज मंगलबारबाट नेपाल लक डाउन भएको छ । सरकारले आजबाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको हो । कोरोना भाइरस (कोभिड १९)को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको हो ।
फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि कोरोनासम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले आज मंगलबार विहान ६ बजेबाट एक सातासम्म सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको हो ।
खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने बाहेक अरु सवारी साधन पनि चलाउने पाइने छैन । लकडाउन उल्लंघन गरेमा ६ महिनासम्म कैद र ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुन्छ ।
सम्बन्धित
प्रतिक्रिया