शनिबार, फागुन ३, २०८१

चीनबाट २५ लाख मास्क ल्याइने

नेपालखोज २०७६ चैत ११ गते ७:३१

काठमाडौं । सरकारले चीनबाट २५ लाख मास्क ल्याउने भएको छ । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमण रोकथाम र न्यूनीकरण गर्न चीनबाट २५ लाख मास्क र १ लाख कीट ल्याउने तयारी गरिएको हो ।

Advertisement

उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडका अनुसार मास्क र कीट एक साताभित्र नेपाल आइपुग्ने छन् ।

स्वदेशमा पनि मास्क र स्यानिटाइजर उत्पादन सुरु भएको उनले बताए । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया