कोभिड-१९ : १८६ देशमा साढे १६ हजारको मृत्यु, झन्डै ४ लाख संक्रमित
नेपालखोज
२०७६ चैत ११ गते ६:१३
एजेन्सी । चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड- १९) को संक्रमणबाट पूरै विश्व प्रभावित भएको छ। यसको संक्रमणबाट १६ हजार ४ सय ९६ जनाले ज्यान गुमाइसकेका छन् भने ३ लाख ७८ हजार २ सय ८७ जना संक्रमित भएका छन्। एक लाख ९ सय ५८ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
ज्यान गुमाउनेमा इटालीमा पहिलो नम्वरमा छ। इटालीमा हालसम्म ६ हजार ७७ जनाले ज्यान गुमाएका छन् । दोस्रो नम्वरमा चीन छ। चीनमा ३ हजार १ सय ५३ जनाले ज्यान गुमाएका छन्। तर, उपचार पनि निको हुने बिरामीको संख्यामा चीन पहिलो नम्वरमा छ। चीनमा ५९ हजार ८ सय ८२ जना निको भएर घर फर्केका छन्।
विश्व स्वास्थ्य संगठनका अुनसार १८६ देश कोरोना भाइरसबाट प्रभावित भइसकेका छन्।
सम्बन्धित
प्रतिक्रिया