कोरोनासम्बन्धी राहत कोष नबनाउनुस – सरकार
नेपालखोज
२०७६ चैत ११ गते १७:३१
काठमाडौँ । आफूखुसी कोरोनासम्बन्धी राहत कोष नबनाउन सरकारले आग्रह गरेको छ ।
साथै अहिलेसम्म बनेका कोषहरुमा पनि आफ्नो संस्थाको मात्र रकम जम्मा गर्न र त्यसलाई हरेक साता सरकारी कोषमा दाखिला गर्न आग्रह गरेको छ ।
कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले आफूखुसी कोषहरु बनाउन रोक लगाएको हो । सरकारले कोरोना भाइरस उपचार कोष बनाएको छ । तर प्रदेशहरुले पनि आआफ्नो कोष बनाएको छ भने निजी क्षेत्रले पनि आफूखुसी राहत कोष बनाएर रकम जम्मा गर्न थालेका छन् ।
तर समितिले सरकारले नै केन्द्रीय कोष बनाइसकेकाले सबैले यही रकम जम्मा गर्नु उपयुक्त हुने बताएको छ ।
सम्बन्धित
प्रतिक्रिया