शनिबार, फागुन ३, २०८१

प्रवासी नेपालीहरुलाई सुरक्षित रहन नेपाली कांग्रेसको अपिल

नेपालखोज २०७६ चैत ११ गते १९:२२

काठमाडौ । विश्वभर महामारी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट आफू सुरक्षित रहन र अरुलाई पनि सुरक्षित राख्न नेपाली कांग्रेसले प्रवासी नेपालीहरुमा आग्रह गरेको छ ।

Advertisement

विश्वव्यापी रुपमा अहिले त्रासका रुपमा कोरोनाको महामारी फैलिएको अवस्थामा मानव स्वास्थ्यका लागि सुरक्षित रहन भन्दै नेपाली काग्रेसका सहमहामन्त्री डा प्रकाश शरण महतले विज्ञप्ति प्रकाशित गरी आफू सुरक्षित रही अरुलाई पनि सुरक्षित राख्न आग्रह गरेका हुन् ।

यतिखेर विश्वको अधिकांश देशहरु अमेरिका, युरोप, जापान, दक्षिण कोरिया, चीन, अष्ट्रेलिया लगायतका देशहरुमा नेपालीहरु बसोबास गरिरहेकाले कोरोना भाईरस संक्रमित देशमा रहेका नेपालीहरुले स्वयं सुरक्षित रहन र अरुलाई पनि सुरक्षित गर्न सहयोग गर्ने अपिल गर्दै विश्वभर रहेका प्रवासीको सुरक्षाका लागि नेपाली कांग्रेस जनसम्पर्क समिति, गैरआवासीय नेपाली संघ समेतलाई कोरोना भाईरसको संक्रमणबाट सजग रहनु अनुरोध गरेका छन् ।

प्रतिक्रिया