काठमाडौँबाट कन्टेनरमा लुकेर आएका ५२ जना पक्राउ
नेपालखोज
२०७६ चैत १२ गते ११:२४
वीरगञ्ज । सामान बोक्ने कन्टेनरभित्र लुकेर काठमाडौंबाट वीरगञ्ज आइपुगेका ५२ जना यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार मध्यराति वीरगञ्जको घण्टाघरबाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरु लकडाउन उल्लंघन गर्दै काठमाडौंबाट चितवनको भरतपुर, हेटौंडा हुँदै वीरगञ्ज आइपुगेका थिए ।
सम्बन्धित
प्रतिक्रिया