शनिबार, वैशाख १५, २०८१

कोरोना भाइरस : २१ हजार बढीको मृत्यु

नेपालखोज २०७६ चैत १३ गते ६:३९

काठमाडौं । कोभिड -१९ (कोरोना भाइरस)को संक्रमण अहिलेसम्म विश्वका १ सय ९८ देश र एउटा पानीजहाज ९क्रुजसीप०मा फैलिएको छ। भाइरसका कारण २१ हजारभन्दा धेरैको मृत्यु भएको छ।

अहिलेसम्म २१ हजार १ सय ७८ ज्यानको मृत्यु भएको वल्डओमिटरले जनाएको छ। सबैभन्दा धेरै इटालीमा ६ सय ८३ र स्पेनमा ६ सय ५६ जनाको मृत्यु भएको छ। इटालीमा मात्रै ७ हजार ५ सय ३ र स्पेनमा ३ हजार ६ सय ४७ जनाको मृत्यु भएको छ। यो चीनको भन्दापनि धेरै हो।

चीनमा अहिलेसम्म ३ हजार २ सय ८१ जनाको मृत्यु भएको छ। अहिलेसम्म ४ लाख ६७ हजार ८ सय ९० जनामा संक्रमण देखिएकोमा १ लाख १३ हजार ८ सय ९ जना उपचारपछि निको भएका छन्।

तीव्र रूपमा संक्रमितको संख्या बढेपछि विश्व स्वास्थ्य संगठनले अमेरिका चीन र इटालीपछि अर्को इपिसेन्टर बन्न सक्ने चेतावनी दिएको छ। यो समाचार अन्नपूर्ण पोष्टमा छ ।

प्रतिक्रिया