शनिबार, फागुन ३, २०८१

राउटे बस्ती पनि लकडाउन !

नेपालखोज २०७६ चैत १३ गते ६:५५

सुर्खेत । नेपालमा कोरोना भाइरसका सङ्क्रमण देखिएपछि राउटे बस्तीमा पनि ‘लकडाउन’ गरिएको छ । सुर्खेतको भेरीगङ्गा नगरपालिका–२ सत्तरी छिन्चुखोला किनारमा अवस्थित राउटे बस्तीमा अन्य मानिसलाई प्रवेश निषेध गरिएको छ । जङ्गलमा फिरन्ते जीवनयापन गर्दै आएको यो समुदाय हालै छिन्चुखोला किनारमा सरेको हो ।

Advertisement

नगरप्रमुख भुपेन्द्रबहादुर चन्दले कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि राउटेलाई पनि बस्ती बाहिर आउन नदिने र गैरराउटे समुदायका व्यक्तिलाई उक्त बस्ती प्रवेश गर्न नदिन कडाइ गरिएको बताए । उनका अनुसार मुखियाको नीति निर्देशनमा चल्ने राउटे समुदायलाई नगरपालिकाका कर्मचारीले लकडाउनबारे सम्झाइ–बुझाइ गरिरहेका छन् ।

नगरपालिकाले राउटे समुदायमा साबुनपानीले हात धुन सिकाउन स्वास्थ्यकर्मी खटाएको छ । वर्षमा एकपटक मात्रै नुहाउने, खुला दिसा–पिसाब गर्ने, सरसफाइमा ध्यान नदिने राउटे समुदायमा सङ्क्रमणको जोखिम हुनसक्ने हुँदा सतर्कता अपनाइएको हो । “राउटे समुदाय सङ्क्रमित भएमा अन्य समुदायलाई तत्काल सर्न सक्ने खतरा छ, राउटेहरु खानेकुराको जोहो गर्न, आफूले बनाएका काठका भाँडा बिक्री गर्न गाउँ–शहर पस्ने गर्दछन्”, नगरप्रमुख चन्दले भने, “खाद्यान्नका लागि गाउँशहर डुल्नुपर्ने अवस्था अन्त्य गर्न नगरले सहयोग गर्दैछ, प्रदेश सरकारसँग पनि आग्रह गरेका छौँ ।” फिरन्ते जाति भएकाले राउटेहरु त्रिपालमुनि बस्छन् । शौचालय प्रयोग गर्दैनन् । अति लोपोन्मुख आदिवासीमा पर्ने यस समुदायको जनसङ्ख्या १५० मात्र छ ।
नेपालमा कोरोना भाइरसका सङ्क्रमण देखिएपछि राउटे बस्तीमा पनि ‘लकडाउन’ गरिएको छ । सुर्खेतको भेरीगङ्गा नगरपालिका–२ सत्तरी छिन्चुखोला किनारमा अवस्थित राउटे बस्तीमा अन्य मानिसलाई प्रवेश निषेध गरिएको छ । जङ्गलमा फिरन्ते जीवनयापन गर्दै आएको यो समुदाय हालै छिन्चुखोला किनारमा सरेको हो ।

प्रतिक्रिया