स्पेनकी उपप्रधानमन्त्रीलाई कोरोनाको संक्रमण
नेपालखोज
२०७६ चैत १३ गते ६:३४
काठमाडौँ । स्पेनकी उपप्रधानमन्त्री कारमेन काल्भो पनि कोरोनाको संक्रमणमा परेकी छन् ।
रोयटर्सका अनुसार ६२ बर्षिय काल्भोको कोरोना टेस्ट पोजेटिभ आएको छ । स्पेनिस सरकारले बुधबार उपप्रधानमन्त्री काल्भोको कोरोना टेस्ट पोजेटिभ देखिएको जानकारी दिएको हो । उनी अहिले उपचारत रहेको र उनको स्वास्थ्य अवस्था ठिक रहेको जनाइएको छ ।
स्पेनमा अहिलेसम्म कोरोनाबाट ३ हजार ६४७ जनाले ज्यान गुमाएका छन् भने ४९ हजार ५१५ संक्रमित भएका छन् ।
सम्बन्धित
प्रतिक्रिया