विदेशबाट फर्किएका ६० जना क्वारेन्टाईनमा
स्याङजा । स्याङजाको वालिङ नगरपालिकाभित्रका विभिन्न वडामा विदेशबाट आएका ६० जना होम क्वारेन्टाइनमा बसेका छन् । कोभिड–१९ को सचेतनास्वरुप नगरपालिकाले नगरभित्रका विभिन्न वडाका घर घरमा पुगेर ६० जनालाई होम क्वारेन्टाइनमा बस्न सुझाव दिइएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।
“नगरभित्रका १४ वटै वडामा विदेशबाट फर्किएका व्यक्तिको तथ्याङ्क सङ्कलन गरिरहेका छौँ”, नगरप्रमुख खाँणले भने , “विदेशबाट फर्किएका व्यक्तिलाई होम क्वारेन्टाइनमा बस्न सुझावसहित निगरानी तथा अनुगमन पनि अगाडि बढाएका छौँ ।”विदेशबाट आफ्नो टोलमा कोही आएको खण्डमा वडा वा नगरपालिका कार्यालयमा खबर गरी सहयोग गर्न पनि नगर प्रमुख खाँणले टोलवासीलाई आग्रह गरेका छन् ।
वालिङ नगरपालिकाको वडा नं। १मा तीन, २ मा सात, ३ मा दुई, ४ मा एक, ५ मा छ, ६ मा पाँच, ७ मा एक, ८ मा एक, ९ मा दुई, १० मा एक, ११ मा तीन, १२ मा पाँच र १४ मा एकजना विदेशबाट फर्किएकाहरु होम क्वारेन्टाइनमा बसेका नगर प्रमुख खाँणले बताए। नगरपालिकाले १४ वटै वडामा पुगेर विदेशबाट फर्केकाको तथ्याङ्क सङ्कलन गरिरहेको छ । स्थानीय टोलवासीले नगरपालिका कार्यालयमा खबर गरेसँगै नगरका विभिन्न वडाका घर घरमा पुगेर विदेशबाट आएकालाई १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्न सुझावसहित आवश्यक परामर्श प्रदान गरिएको उपप्रमुख कल्पना तिवारीले बताए ।
प्रतिक्रिया