शनिबार, असार २१, २०८२

भाइरस नष्ट गर्न काठमाडौँ महानगरले थाल्यो अभियान

नेपालखोज २०७६ चैत १३ गते १९:१०

काठमाडौँ। सहरलाई निस्सक्रमण बनाउने अभियानअन्तर्गत काठमाडौं महानगरले अहिले ७ ठाउँबाट एकै पटक काम थालेको छ । महानगरका ३ वटा जेट मेसिन र निजी क्षेत्रले उपलब्ध गराएका ४ वटा ट््याङ्कर काममा निस्किएका हुन् ।

नगर प्रहरी महाशाखाका प्रमुख नगर प्रहरी नायव उपरीक्षक धनपति सापकोटाकाअनुसार ठमेल अस्कल क्याम्पसबाट पूर्वतर्फ, गल्को पाखाबाट भगवतीबहालतर्फ, सोह्रखुट्टे चोकबाट सातघुम्तीतर्फ, पकनाजोलबाट भित्री सहरतर्फ र भोटेबहालबाट भित्री सहरी क्षेत्रतर्पm गरी ५ वटाले ठमेल र भित्री सहरी क्षेत्रका औषधि छर्किएर बिसंक्रमण गर्ने काम गर्नेछन् । त्यस्तै एउटा कुलेश्वरको फलफुब बजार क्षेत्रमा र अर्कोलाई पशुपति क्षेत्रमा खटाइएको छ ।

पानी सकिए बालाजु गएर भर्ने त्यस पानीमा औषधि मिसाउने र कामलाई निरन्तर जारी राख्ने महाशाखा प्रमुख सापकोटाले स्पष्ट पारे ।

यस क्रममा आज बिहान ३ वटा जेटले औषधि छरे । तीनवटामध्ये एउटा बबरमहल — बानेश्वर — तीनकुने — सिनामंगल क्षेत्रमा खटिएको थियो भने अर्को जमल — लाजिम्पाट — पानीपोखरीहुँदै महाराजगञ्ज क्षेत्रसम्म पुगेको थियो । अर्कोलाई बसन्तपुर आसपास क्षेत्रमा केन्द्रीत गरिएको थियो । हिजो वीर अस्पताल, टेकु अस्पतालसहित भित्रि सहरका असन, इन्द्रचोकसँगै कालीमाटी तरकारी बजारलगायतका स्थानमा कीटाणुशोधनरनिस्संक्रामक औषधी छर्किएको थियो ।

बाक्लो बस्ती भएका क्षेत्र, अत्यावश्यक सामाग्री लिन चहलपहल धेरै हुने र अस्पताल क्षेत्रलाई प्राथमिकतामा राखेर सकेसम्म सेवालाई सहरभरि पु¥याउने रणनीतिका बनाएर महानगरले सार्वजनिक स्थललाई निस्सक्रमण गर्ने काम गरिरहेको छ ।

प्रतिक्रिया