कोरोना : नवलपरासीमा १९ श्ययाको आइसोलेशन तयार
नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)मा सम्भावित कोरोना भाइरसका बिरामीको उपचार गर्न जिल्लाका विभिन्न ६ स्थानमा १९ श्ययाको आइसोलेशन कक्ष तयार पारिएको छ ।
स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंका अनुसार जिल्लाको विनयी त्रिवेणी गाउँपालिका र हुप्सेकोट गाउँपालिकाबाहेकका सबै स्थानीय तहमा ती कक्ष तयार गरिएको हो । मध्यविन्दु जिल्ला अस्पतालमा तीन , प्राथमिक स्वास्थ्य केन्द्र चोरमारामा दुई र प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा तीन श्ययाको आइसोलेशन कक्ष रहेका छन् । ्
त्यस्तै गैँडाकोटको पितौजी स्वास्थ्य चौकीमा तीन, बौदीकाली गाउँपालिकाको डेढगाउँमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा चार र बुलिङटार गाउँपालिकाको बुलिङटार प्राथमिक स्वास्थ्य केन्द्रमा चार श्ययाको आइसोलेशन कक्ष सञ्चालन गरिएको हो तयारी अवस्थामा रहेका छन् । आवश्यकता परेको खण्डमा आइसोलशन कक्ष र श्यया थप गरिने उनले जानकारी दिए। ६ स्थानकै आइसोलेशन कक्षमा व्यक्तिगत सुरक्षा उपकरण ९पिपिई० सहित कोरोना उपचारका लागि आवश्यक पर्ने औषधिजन्य सामग्री पठाइएको जनाइएको छ ।
प्रतिक्रिया