घरमै बसेर प्रार्थना गर्न मुस्लम धर्मावलम्बीलाई आह्वान
काठमाडौँ । मुस्लीम धर्मालम्बीहरूको प्रतिष्ठित संस्था जमैत उलेमा–ए–हिन्दले मुसलमान धर्मावलम्बीहरूलाई घरमै बसेर प्रार्थना गर्न आह्वान गरेको छ ।विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि यस्तो आह्वान गरिएको संस्थाले जनाएको छ ।
मुसलमान धर्मालम्बीहरु हरेक हप्ता शुक्रवार मस्जीदमा जम्मा भएर प्रार्थना गर्ने परम्परा रहेकोले उनीहरूलाई कोरोना सङ्क्रमणको खतरा धेरै रहेको भन्दै चिन्ता व्यक्त हुँदै आएको थियो ।
जमैतका अध्यक्ष मौलाना अर्शद मदानीले शुक्रवार आफ्नै घरमा बसेर प्रार्थना गर्न समस्त मुसलमान धर्मावलम्बीहरुलाई आग्रह गरेका हुन्। उनले भने “मस्जीदमा भेला भएर प्रार्थना गर्नुको सट्टा घरमै बसेर प्रार्थना गर्न आग्रह गर्दछु ।”
मुस्लीम धर्मावलम्बीहरूले हरेक दिन पाँच पटक प्रार्थना गर्दछन् ।
“सबै मान्छेले भेला हुने कार्यलाई अस्वीकार गर्नुपर्दछ, मानव जीवन रक्षाका लागि यो अत्यावश्यक छ” उनले भने । सरकारी निकायहरुको आग्रह र निर्देशनलाई समेत मध्यनजर गर्दै यस्तो आग्रह गरिएको अध्यक्ष मदानीले बताए ।
प्रतिक्रिया