सोमबार, फागुन ५, २०८१

नेपालमा चौथो व्यक्तिलाई कोरोना देखा पर्यो

नेपालखोज २०७६ चैत १४ गते १९:०५

काठमाडौं । नेपालमा पनि क्रमश कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । हालसम्म ३ जनामा मात्र देखिएको कोरोना भाईरसको संक्रमण आज थप एक जनामा देखा परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Advertisement

दुवईबाट नेपाल फर्केका धनगढीका युवकलाई कोरोना भाईरस संक्रमण भएको मन्त्रालयले पुष्टि गरेको हो । नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार कोरोना भाईरस संक्रमित व्यक्तिको प्रादेशिक अस्पताल धनगढीमा उपचार भईरहेको छ ।

प्रतिक्रिया