आइतबार, माघ २७, २०८१

सनराइज वैकद्धारा नेपाल प्रहरीलाई सुरक्षात्मक उपकरण हस्तान्तरण

नेपालखोज २०७६ चैत १५ गते १८:३०

काठमाडौं । विश्व नै त्रसित हुनेगरी फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) ले नेपाललाई समेत असर गरी रहेको परिवेशमा यसलाई अझ बढी असर नहोस् भन्नका लागि नेपाल सरकारले सात दिनको लकडाउन गरेको छ ।

Advertisement

सरकारले गरेको लकडाउनका कारण आम नागरिक घरमा नै बसिरहेकाले यस समस्याका समयमा सन्राइज बैंकले समाजिक उत्तरदायित्व वहन गरी कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै नेपाल पुलिस हस्पिटल महाराजगंजमा काम गर्ने डाक्टर तथा अन्य कर्मचारीहरुलाई व्यक्तिगत सुरक्षात्मक उपकरण (PPE) ६५ थान सहयोग गरेको छ । यसबाट हस्पिटलका डाक्टर तथा अन्य कर्मचारीहरुलाई रोकथाम तथा नियन्त्रण गर्न थप मद्घत पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

नेपाल पुलिस प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले प्रहरी महानिरिक्षण्क पठाकुर प्रसाद ज्ञावालीलाई व्यक्तिगत सुरक्षात्मक उपकरण (PPE)  हस्तान्तरण गरेका हुन् । बैंकले आगामी दिनमा पनि देशका विभिन्न समाजिक कार्यमा हातेमालो गर्दै जाने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले जानकारी दिए । स्वास्थ्य सामग्री ग्रहण गर्दै प्रहरी महानिरिक्षक ठाकुर प्रसाद ज्ञावालीले यस्तो कार्यले हस्पिटललाई ठुलो राहत भएको जानकारी दिए ,

प्रतिक्रिया