कोभिड १९ : रामेछाप वडा नं. ३ मा क्वारेनटाइन र आइसोलेशन कक्ष निमार्ण
रामेछाप । विश्वभर नै महामारीको रुपमा देखापरेको कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमण नियन्त्रणका लागि नेपाल पूर्णरुपमा लकडाउन छ । उक्त भाइरस फैलनसक्ने जोखिमलाई मध्यनजर गर्दै रामेछाप नगरपालीका वडा नं ३ मा क्वारेनटाइन र आइसोलेशन कक्ष निमार्ण गरिएको छ ।
यहाँ हालसम्म कुनै कोरोना सङ्क्रमित फेला परेका छैनन् । तर, कोरोना भाइरस विश्वव्यापी रुपमा फैलिएसँगै वैदेशिक रोजगार तथा अन्य कुनै काम विशेषले कोरोना सङ्क्रमित मुलक रहेका व्यतिहरु सुरक्षित स्थान खोज्दै घर फर्किएको सुचना प्राप्त भएसँगै यहाँ क्वारेनटाइन र आइसोलेशन वार्ड निमार्ण गरिएको हो ।
साँघुटार स्वास्थ्य चौकीमा ६ वटा र वडाको भेटनरी शाखाको भवन खाली गरी ४ वटा क्वारेनटाइन कक्ष निमार्ण गरिएको छ भने साँघुटार स्वास्थ्य चौकीमा ३ वटा आइसोलेशन कक्ष निमार्ण गरिएको छ ।
निमार्ण गरिएको आइसोलेशन र क्वारेनटाइन कक्षको अवलोकन गर्दै नगर प्रमुख नरबाहादुर थापा मगरले स्थानिय बासीलाई सचेत र यस विपत सँग सुरक्षित रही नडराउन आग्रह गरेका छन् । भाइरसको संक्रमणको लक्षण देखापरेमा वडा कार्यालय र नगरपालिका सँग समन्वय गर्न अनुरोध गरेका छन् ।
लकडाउनलाई पूर्ण रुपमा पालना गर्न आग्रह गर्दै कुनै समस्या परेमा वडा कार्यालय सहयोगको लागि सधै तयार रहेको वडाध्यक्ष भुपालराज श्रेष्ठले बताएका छन् ।
यस दुखद घडिमा जनताको सेवा र सहयोगमा २४ सै घण्टा वडाका कर्मचारी सन्तोष काफ्ले खटिरहेका छन् । जनतालाई कुनै समस्या परेमा टेलिफोन अथवा जुनसुकै माध्ययमबाट सेवा लिन सक्ने उनले बताए ।
प्रतिक्रिया