शनिबार, वैशाख ८, २०८१

सनराईज वैकद्धारा पाटन अस्पताललाई सुरक्षात्म उपकरण हस्तान्तरण

नेपालखोज २०७६ चैत १६ गते १५:२८

काठमाडौं ।सनराईज बैंकले पाटन अस्पताललाई व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ दिएको छ । आइतबार बंैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले पाटन अस्पतालमा २० थान व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ डा.विष्णु प्र. शर्मालाई हस्तान्तरण गरेका हुन् ।

सुरक्षात्मक उपकरण हस्तान्तरण कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितीमा समेत चिकित्सक र नर्सले निभाएको भूमिका सराहनीय रहेको बताउँदै सामाजिक उत्तरदायित्व वहन गर्दै अस्पतालमा खटिने स्वास्थ्यकर्मीका लागि सहयोग गरेको बताए ।

विश्वलाई नै कोरोना भाइरसको संक्रमणले ठूलो चुनौती थपेको अवस्थामा सीमित स्रोत साधनबाट समेत अस्पतालका डाक्टर र नर्सहरुले संक्रमण नियन्त्रणका लागि फिल्डमा खटिनेदेखि उपचारसम्म निभाएको भूमिका अतुलनीय भएको भन्दै हौसला स्वरुप अस्पतालका स्वास्थ्यकर्मीलाई सुरक्षामा सहयोग पुगोस् भन्ने उदेश्यले आफूहरुको रहेको पौड्यालले बताए ।

प्रतिक्रिया