शनिबार, माघ २६, २०८१

चन्दा उठाएर क्वारेन्टाइन निर्माण

नेपालखोज २०७६ चैत १७ गते १०:५६

मेलम्ची । त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ३ का बासिन्दाबाट चन्दा उठाएर क्वारेन्टाइन बनाइएको छ । धुस्कुनस्थित हरिसिद्धि आधारभूत विद्यालयलाई क्वारेन्टाइन बनाई प्रयोग गर्न लागिएको छ ।

Advertisement

चालीस जनाको क्षमता रहेको क्वारेन्टाइनमा बिजुली र सौर्यबत्ती, खानेपानी, पङ्खा, महिला र पुरुषका लागि छुट्टै स्नानगृह र शौचालयको व्यवस्था गरिएको वडाध्यक्ष सुकदेव रिसालले जानकारी दिए । अहिले भने १५ जना क्षमताको तयारी भएको छ । इच्छा हुने एक व्यक्ति बराबर रु एक हजार संकलन गरेर क्वारेन्टाइन बनाइएको हो ।

क्वारेन्टानमा धुस्कुन स्वास्थ्यचौकीका इन्चार्ज रहनेछन् । क्वारेन्टाइन बनाउन नेकपा गाउँपालिका कमिटी, इसार्ड सुनकोशी र स्थानीय समाजसेवीको सहयोग रहेको रिसाल बताए । अस्थायी क्वारेन्टाइन सञ्चालनका लागि युवा व्यवसायी विदुर नेपालले स्वास्थ्यकर्मी सुरक्षाका लागि पाँच थान गाउन र ५०० थान मास्क निःशुल्क उपलब्ध गराएका थिए । त्यस्तै कल्याणकारी स्वयमसेवक संघ नेपालले पाँच सय थान मास्क प्रदान गरेका छ ।

प्रतिक्रिया