शनिबार, असोज १९, २०८१

बुटवलमा आइसोलेन अस्पतालमा मृत्यु भएका युवाको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ

नेपालखोज २०७६ चैत १७ गते १५:१२

काठमाण्डौ । बुटवलको आइसोलेन अस्पतालमा आइतबार मृत्यु भएका बाबुराम थापा क्षेत्रीको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।

कोरोना विशेष आइसोलेसन अस्पतालका सूचना अधिकारी डाक्टर विष्णु गौतमले बताएअनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा क्षेत्रीलाई कोरोना संक्रमण देखिएन।

‘दुईपटक परीक्षण गर्दा पनि उहाँको रिपोर्ट नेगेटिभ आएको जानकारी पाएको गौतमले बताए ।

रोजगारीको लागि दुबई गएका क्षेत्री चैत्र ६ गते राति रूपन्देहीको सैनामैना नगरपालिका–४ सिसौडांडास्थित भाडाको कोठामा पुगेका थिए।

दुबईबाट आउँदा नै सामान्य ज्वरो आएका क्षेत्री घर आइसकेपछि मेडिकल, स्वास्थ्यचौकी हुँदै चैत १३ गते बुटवल धागो कारखानास्थित अस्थायी कोरोना विशेष आइसोलेसन अस्पतालमा पुगेका थिए।

अस्पतालले आइतबार बिहान उनको मृत्यु हुनुअघि स्वाब निकालेर काठमाडौं पठाएको थियो।

प्रतिक्रिया