शनिबार, फागुन ३, २०८१

कोरोना : स्वास्थ्यकर्मीलाई पिपिइ वितरण

नेपालखोज २०७६ चैत १७ गते १६:२८

तनहुँ । तनहुँको घिरिङ गाउँपालिकाले स्वास्थ्यकर्मीलाई मेडिकल सामग्री वितरण गरेको छ । कोभिड–१९ को सङ्क्रमणबाट स्वास्थ्यकर्मी जोखिममा रहने भएकाले गाउँपालिकाले उनीहरुलाई व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) सहितका सामग्री वितरण गरेको हो । गाउँपालिकाले तीन स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीलाई पिपिइ उपलब्ध गराएको छ ।

Advertisement

गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाका अनुसार साभुङ स्वास्थ्यचौकी, घिरिङ स्वास्थ्यचौकी र गजरकोट स्वास्थ्यचौकीलाई पिपिइ, मास्कलगायतका मेडिकल सामग्री उपलब्ध गराइएको छ । साथै आपतकालिन अवस्थाको लागि एक जना एम्बुलेन्स चालकलाई पनि पिपिइ उपलब्ध गराइएको छ ।

कोभिड–१९ को शङ्कास्पद बिरामीको परीक्षणका लागि अग्रपङ्क्तिमा रहनुपर्ने स्वास्थ्यकर्मीलाई ध्यानमा राखी सामग्री वितरण गरिएको गाउँपालिकाका अध्यक्ष रानाले जानकारी दिए ।

गाउँपालिकाले कोभिड–१९ का शङ्कास्पद बिरामीको उपचारका लागि तीन वटा स्वास्थ्यचौकीमा नौ शैय््याको आइसोलेशन कक्ष निर्माण गरेको छ । विदेशबाट फर्किएकाहरुको तथ्याङ्क सङ्कलनलाई तीव्रता दिइएको बताउँदै रानाले उनीहरुलाई घरमै सुरक्षित रुपमा बस्न आग्रह गरिएको जानकारी दिए। विगत एक महिना यता विदेशबाट फर्किनेहरुको विवरण सङ्कलनका लागि वडाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, टोल विकास संस्थालाई परिचालन गरिएको छ ।

प्रतिक्रिया