सोमबार, फागुन ५, २०८१

सार्वजनिक पशुपक्षी र चराचुरुङ्गीलाई आहाराको व्यवस्था गर्दै कामपा

नेपालखोज २०७६ चैत १८ गते ७:१५

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विपत्को समयमा सार्वजनिक पशुपक्षी र चराचुरुङ्गीलाई आहाराको व्यवस्था गर्ने भएको छ । यही चैत ११ गतेदेखि देशव्यापी लकडाउन भएपछि सार्वजनिकरूपमा रहेका पशुपक्षी, चराचुरुङ्गीलगायत मर्ने अवस्थामा पुगेका हुन् । तिनले अरु सामान्य समयमा घुम्न आएका मानिसले दिएको खान्थे । लकडाउनपछि भोकै छन् । तिनीहरुको बाँच्न पाउने अधिकार सुनिश्चित गर्दै कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा सोमबार बसेको ४३औँ कार्यपालिका बैठकले आहारको व्यवस्था गर्ने निर्णय गरेको हो ।

Advertisement

बैठकले वडामा पठाइएको रकमबाट खर्च गर्ने गरी उनीहरुलाई आहाराको व्यवस्था गर्ने निर्णय गरेको छ । प्रमुख शाक्यले भने, “राहत वितरणलगायत कार्यका लागि केन्द्रले यसअघि नै ठूला वडालाई रु चार लाख, मझौला वडालाई रु तीन लाख र साना वडालाई थप निकासा दिएको छ । आवश्यक प¥यो भने पुनः थप गर्ने निर्णय भएको छ ।”

प्रतिक्रिया