लकडाउन अवज्ञा गर्दै मेलम्ची ठेकेदार
सिन्धुपाल्चोक । लकडाउन उल्लंघन गर्नेलाई लाठी प्रहार गरी नियन्त्रण गर्ने सरकारले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार सिनो हाइड्रोलाई भने निर्वाध काममा लगाएको छ। सरकारले कोरोना भाइरस ९कोभिड(१९० को संक्रमणबाट सचेतना अपनाउँदै मुलुकभर लकडाउन गरे पनि आयोजना ठेकेदार कम्पनीले सरकारी निर्देशनको अवज्ञा गर्दै मुहान क्षेत्रमा झन्डै दुई सय मजदुरलाई निरन्तर काममा लगाउँदै आएको छ।
स्रोतका अनुसार मुहान क्षेत्रमा भित्र(बाहिर आवतजावत गर्न बन्देज लगाएर मजदुरलाई नियमित काममा लगाइएको हो। मुहान क्षेत्र अम्बाथानमा कार्यरत अधिकांश मजदुर बाहिरका भएकाले उनीहरू घर फर्किन सम्भव नभएकाले काममा लगाउनुपरेको स्रोतको दाबी छ।
मुहान क्षेत्रनजिक रहेको इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी निरीक्षक मणिराम लामिछाने अन्य विकल्प नभएको भन्दै आयोजनाका ठेकेदारले मजदुरलाई काम लगाइरहेको बताए। मजदुरहरू घर फर्किन सम्भव नभएको र काममा नलाग्दा खानेबस्ने समस्या हुने भन्दै आयोजनाको काम सुचारु राखेको जानकारी पाएको उनले बताए। ‘आयोजनाकै ग्याल्थुम अडिटमा काम पूर्णरूपमा ठप्प भएको छ तर मुहान क्षेत्रमा भने काम भइरहेको जानकारी आएको छ’, प्रहरी निरीक्षक लामिछानेले भने, ‘यो विषयमा हामीले माथिल्लो निकायमा जानकारी गराइसकेका छौं।’यो समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छ ।
प्रतिक्रिया