तनहुँमा विदेशबाट आएका पाँच सय भन्दा बढी स्वास्थ्य कार्यालयको सम्पर्कमा
नेपालखोज
२०७६ चैत १८ गते ८:३१
तनहुँ । तनहुँमा विदेशबाट घर फर्किएका पाँच सय १० जना स्वास्थ्य कार्यालयको सम्पर्कमा आएका छन् । जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीका अनुसार उनीहरूमा कुनै समस्या देखिएको छैन र सामान्य अवस्थामा पाइएकाले हाल होम क्वारेन्टाइनमा सुरक्षित रहन भनिएको छ ।
उनीहरू करीब दुई साताका अवधिमा भारत, संयुक्त अरब इमिरेट्स, कतार, अमेरिका, जापान, अष्ट्रेलिया, मलेसियालगायत विभिन्न देशबाट फर्किएका हुन् ।
जिल्लाका १० वटै स्थानीय तहमा गठन गरिएको शीघ्र प्रतिकार्य समूहको सहयोगमार्फत आइतबारसम्म उनीहरूको तथ्याङ्क सङ्कलन गरिएको होे । समयसमयमा चिकित्सकद्वारा घरमै क्वारेन्टाइनमा रहेका उनीहरूको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया