दाङ आइसोलेशनमा २४, आठ उपचारपछि घर फिर्ता
दाङ । दाङमा कोरोना भाइरसको आशंकामा २४ जनाले आइसोलेशनमा भर्ना भएर उपचार गराएका छन् । भर्ना भएकामध्ये आठ जना उपचारपछि घर फर्किएका छन् । दश जना अहिले पनि उपचारका क्रममा रहेका छन् ।
पाँच जनालाई कोरोनाको कुनै लक्षण नदेखिएपछि ‘होम क्वारेन्टाइन’मा बस्न सुझावसहित फिर्ता गरिएको बताइएको छ । भर्ना भएकामध्ये छ जना राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट घर पठाइएको छ भने बेलझुण्डीबाट दुई जनालाई घर फिर्ता गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दका अनुसार अहिले बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा १० जनाको उपचार जारी छ । उपचार गराएकामध्ये ११ जनाको स्वाब परीक्षण गरिएको छ ।
‘
दाङबाट पठाइएको स्वाबको सबै रिपोर्ट नेगेटिभ आएको छ ।’ उनले भने, ‘बेलझुण्डीमा उपचार गराइरहेकामध्ये पाँच जनाको आज स्वाब परीक्षणका लागि नमूना संकलन गर्न लागेका छौँ ।’ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश सरकारले सञ्चालन गरेको कोरोना विशेष अस्पतालमा कतार र भारतबाट आएका नागरिक मात्रै भर्ना भएका छन् । साथै सबै स्थानीय पालिकाले आइसोलेशन अगावै क्वारेन्टाइनमा राखेर उपचार गरिरहेका छन् ।
प्रतिक्रिया