लकडाउनको पूर्ण रुपमा कार्यान्वयन भएन : भारतबाट नेपाल आउन अझै रोकिएन
काठमाण्डौ । विश्वमा महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भारतमा फैलिँएसँगै नेपालमा चैत्र १० गतेदेखि लकडाउन घोषणा गरेपनि त्यसको पूर्ण रुपमा कार्यान्वयन हुन सकिरहेको छैन ।
विशेष गरेर भारतमा रहेका नेपालीहरु स्थलमार्ग हुँदै सिमानाबाट नेपालमा प्रवेश गर्ने क्रम रोकिएको छैन । सुरुमा सूचना नपाएर बाटोमा अलपत्र परेका भन्दै भारतीय सुरक्षाकर्मीहरुले नेपालीहरुलाई दशगजामा ल्याएको छोडेका थिए । सो बेला सरकारले पनि आफ्नै नागरिक हुन् भनेर नेपाल प्रवेश गर्न दियो । तर भारतले नेपाली नागरिकहरुलाई नेपालमै जाउन भन्ने जस्तो व्यवहार गर्ने गरेको भन्दै कुटनीतिक रुपमा समेत असन्तुष्टी व्यक्त भएको छ ।
अहिले नेपाल र भारतमा समेत लकडाउन भएका बेला जो जहाँ छन् सोही ठाउँमा राख्नुपर्नेमा भारतले नेपालीहरुलाई नेपालमै जानलाई प्रेरित गरिरहेकोप्रति नेपाली पक्षको असन्तुष्टी व्यक्त गरेका छन् ।
अहिले भारतका दिल्ली, मुम्बइ, लद्दाख लगायतका क्षेत्रमा काम गरेर बसेका नेपालीहरु अहिले दशगजा क्षेत्रमा आइपुगेका छन् । भारतमा विभिन्न क्षेत्रमा काम गर्ने नेपालीहरु जस्तै नेपालमा लाखौं संख्यामा भारतीय मजदूर कार्यरत रहेका छन् । अहिलेसम्म पनि आफूखुशी बीरगञ्ज नाकामा पुगेपनि भारततर्फ पठाइएको छ्रैन ।
परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले लकडाउनको बेलामा आवाजजावत खुला गर्दा यसको प्रभावकारिता नहुने भन्दै जुन देशका नागरिक जहाँ छन्, त्यही क्वारेन्टाइन बनाएर राख्ने विकल्प नेपालले भारतलाई दिएको बताएका छन् ।
यसैबीच सुदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर भारतबाट नेपाल प्रवे गर्नेहरुको घुँइचो लाग्ने गरेको छ । कैलालीको गौरीफण्टा र खक्रौला, कन्चनपुरको गड्डाचौकी तथा बैतडीको भुलाघाट अहिलेपनि नेपालीहरु घर फर्किरहेका छन् । उनीहरुको आवश्यक स्वास्थ्य परीक्षण गर्न र आवश्यकता अनुसार क्वारेन्टाइनमा राख्न समेत समस्या देखिएको छ ।
प्रतिक्रिया