२०७७ जेठ २० , मंगलबार English

हिमानी ट्रष्ट मार्फत कोरोना रोक्न पूर्वराजाद्वारा रु दुई करोड सहयोग

२०७६ चैत्र १८ , मंगलबार प्रकाशित



King-Gyanendra




काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कोभिड–१९ को जोखिम नियन्त्रण र रोकथामका लागि हिमानी ट्रष्ट मार्फत सरकारले स्थापना गरेको कोषमा २ करोड सहयोग गरेका छन् ।

आफूले जनताको सुरक्षाका लागि २ करोड सहयोग गरेको बताउँदै सरकारले गरेको लकडाउन बाध्यात्मक अनिवार्यता भएकाले यसको पालनामा गैरजिम्मेवार हुने छुट कसैलाई पनि नभएको बताएका छन् ।

कोभिड–१९ का सम्बन्धमा एक विज्ञप्ति जारी गर्दै उनले विश्वमा अहिले देखा परेको कोरोना भाइरसको महामारीले सिङ्गो मानव सम्यता र विकासलाई नै गम्भीर चुनौती दिएको समेत उल्लेख गरेका छन् ।

पूर्वराजा शाहले विज्ञप्तिमा भनेका छन्, “आमनेपालीले यस दुःखको घडीमा अभाव र समस्या सहेर पनि यसविरुद्ध लड्न जुन अनुशान र धैर्यता दर्शाउनुभएको छ, त्यसको हामी उच्च सराहना गर्छौं ।

राहत, उद्धार र व्यवस्थित बन्दोबस्त जुटाउनत सरकारी र गैरसरकारी सबै पक्षबाट समन्वयकारी ढङ्गबाट मानवीय सेवामा सहयोगमा भइरहेको कामको प्रशंसा गर्दै उनले यसलाई अझै प्रभावकारी तुल्याउन अनुरोध पनि गरेका छन ।

पूर्वराजा शाहले आफ्नोतर्फबाट हिमानी कोषलाई रु दुई करोडमार्फत नेपाल सरकारको ‘कोरोना भाइरस सङ्क्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’मा उपलब्ध हुने जानकारी दिएका हुन् ।




1 Star2 Stars3 Stars4 Stars5 Stars (No Ratings Yet)
Loading...

Leave a comment

Your email address will not be published. Required fields are marked *

prabhu money transfer