सोमबार, जेठ १४, २०८१

कोरोना अस्पतालमा मृत्यु प्रकरण, चार दिनसम्म उठेन शव

नेपालखोज २०७६ चैत २० गते ७:४६

बुटवल । बुटवलस्थित कोरोना आइसोलेसन अस्पतालमा उपचार क्रममा आइतबार मृत्यु भएका सैनामैनाका बाबुराम थापाको शव बुधबार साँझसम्म आफन्तले बुझेका छैनन्। थापाको मृत्युको कारण अस्पतालले बताउन नसकेपछि पत्नी र आफन्तले शव नउठाएका हुन्।

रुघा–खोकी र ज्वरो आएर अस्पताल भर्ना भएका आफ्ना पतिको उपचार नपाएरै मृत्यु भएको दाबी रीताको छ। ‘चार दिनअघि आफैं रिक्सा चढेर हाँसीखुसी अस्पताल जानुभएका मेरा पतिलाई अस्पालले उपचारै नगरेर मारेको हो, मलाई न्याय चाहियो, गल्ती गर्नेलाइ कारबाही हुनुप¥यो,’ रीताले भनिन्।

दाजु विमलले पनि भाइ बाबुरामको मृत्युको कारण अस्पतालले बताउनुपर्ने तथा दुई छोराको पढाइ खर्च र बुहारीलाई नोकरीको व्यवस्था गरिदिनुपर्ने बताए। ‘भाइ त अब फर्केर आउँदैन तर अस्पतालकै लापरबाहीले सहाराबिहीन भएकी बुहारी र छोराहरुको त बिजोग हुनु भएन नि’, विमलले भने। यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया