सोमबार, माघ २८, २०८१

एक हजार ७०७ क्वारेन्टाइनमा

नेपालखोज २०७६ चैत २० गते ९:४२

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा भारतसहित तेस्रो मुलुकबाट आएका एक हजार बढी व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका नौ जिल्लाका एक हजार ७०७ जनालाई क्वारेन्टाइनमा राखिएको छ । कोभिड–१९ रोकथामका लागि प्रदेशका दुई प्रादेशिक अस्पताल, सात जिल्ला अस्पतालसहित स्थानीय तह र नेपाली सेनाले स्थापना गरेको तीन हजार ९७३ श्ययाको क्वारेन्टाइन स्थापना गरिएको छ । निर्देशनालयले दिएको जानकारीअनुसार कैलालीमा एक हजार २० श्ययाको क्वारेन्टाइन स्थापना गरिएको छ । जसमा अहिले ३३७ लाई राखिएको छ ।

Advertisement

यस्तै कञ्चनपुरमा ३०१ श्यया स्थापना भएकामा ३४, डडेल्धुरामा ४६१ श्ययामा ३९, डोटीमा ५१७ श्ययामा ३९८, अछाममा १७१ श्ययामा ६५ जना राखिएको जनाइएको छ । यस्तै बाजुरामा ४७० श्ययामध्ये ५८, दार्चुलामा ३३१ श्ययामध्ये १६८, बैतडीमा ७०२ श्ययामा ३१० र बझाङमा २९८ जनालाई क्वारेन्टाइनमा राखिएको जनाइएको छ ।

यस्तै प्रदेशमा २४९ श्ययाको आइसोलेसन स्थापना गरिएको छ । कोरोना सङ्क्रमणको आशङ्कामा ४३ लाई भर्ना गरिएकामा ३२ डिस्चार्ज भइसकेको जनाइएको छ । प्रदेशमा हालसम्म शङ्कास्पद ४७ बिरामीको स्वाब सङ्कलन गरिएको छ । सङ्कलन गरिएको ४७ नमूनामध्ये ३१ को रिपोर्ट आइसकेको जनाइएको छ । ३१ रिपोर्टमध्ये एक जनामा कोरोना सङ्क्रमण देखिएको थियो भने अन्य ३० मा नेगेटिभ देखिएको छ ।

प्रतिक्रिया