आइतबार, माघ २७, २०८१

जथाभावी रसायन नछर्न आग्रह

नेपालखोज २०७६ चैत २० गते १०:०७

राँझा । कोरोना भाइरस रोकथामका नाममा जथाभावी रसायन नछर्न नेपालगञ्ज उपमहानगरपालिकाले आग्रह गरेको छ ।

Advertisement

उपमहानगरपालिका भित्रका स्थानमा विनाजानकारी जथाभावी रसायनहरु छर्ने कार्य भएपछि उपमहानगरपालिका वा सम्वन्धित निकायमा सम्बन्धितलाई समन्वय गर्न आग्रह गरिएको स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए ।

उनका अनुसार, नेपालगञ्ज उपमहानगरपालिकाभित्रका केही सङ्घ संस्था तथा व्यक्तिहरुले वडा, नगर तथा टोललाई सेनिटाइज्ड गर्न मापदण्ड नपुगेका रसायन छरेको पाइएको छ ।

मापदण्ड नपुगेका इन्सेक्टिसाइट, पेन्सीसाइट लगायतका विभिन्न रसायन छर्किदा जीवजन्तु, वातावरण तथा मानवीय स्वास्थ्यमा समेत असर पर्ने हुँदा सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गरी काम गर्न भनिएको चन्दले जानकारी दिए ।

प्रतिक्रिया