स्वास्थ्य सामग्री खरिदमा अनियमिताका दोषीलाई कारबाही गर्न कांग्रेस नेता थापाको माग
नेपालखोज
२०७६ चैत २० गते १३:१०
काठमाण्डौ । कोरोना महामारीका बेला स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको समाचार सार्वजनिक भएपछि नेपाली कांग्रेसका नेता गगन थापाले दोषीलाई कारबाही गर्नुपर्ने बताएका छन् ।
थापाले स्वास्थ्य सामग्री खरिदमा घिनलाग्दो कृत्य भएकोले दोषी दण्डित नभएसम्म प्रश्न गर्न छाड्न नहुने बताएका छन् ।
‘महासंकटको अवस्थामा पनि यस्तो घिनलाग्दो कृत्य !,’ बिहीबार ट्वीट गर्दै थापाले भनेका छन्, ‘स्वास्थ्य सामाग्री खरिद अनियमितताका बारेमा वास्तविक दोषी दण्डित नहुन्जेल प्रश्न उठाउन नछाछौं।‘
उनले अनियमितताका बारेमा दिन ढल्यो कुरा विर्सियो गर्न नहुने पनि बताएका छन्। ‘दिन ढल्यो, कुरा विर्सियो हुन हामी कदापि दिने छैनौं,’ उनले भनेका छन्। सरकारले हालै चीनबाट स्वास्थ्य सामग्री खरिद गर्न अनियमितता भएको खबरहरू आइरहेका छन्।
सम्बन्धित
प्रतिक्रिया