सोमबार, माघ २८, २०८१

मुस्लिम धार्मिक सभामा सहभागी भइ नेपाल आएका ११ जना पक्राउ

नेपालखोज २०७६ चैत २० गते १३:२२

काठमाण्डौ । भारतको दिल्लीमा आयोजना भएको मुस्लिमहरुको धार्मिक सभामा सहभागी भइ नेपाल प्रवेश गरेको आशंकामा प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ ।

Advertisement

उनीहरुलाई पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर १ कन्चनपुर गदियानीस्थित मदर्शाबाट प्रहरीले बुधबार साँझ नियन्त्रणमा लिएको हो। उनीहरु सबैलाई वीरगन्ज श्रीपुरस्थित सिद्धामार्थ माविको क्वारेन्टाइनमा राखिएको छ। दिल्लीको मरगज निजामुदिन दरगाहमा आयोजित तीन दिने आन्तर्राष्ट्रिय तबलीगी जमात (धार्मिक सभा) मा सहभागी भइ पर्सामा छिरेका ११ जना गाउँको मस्जिदमा ४/५ दिन देखि बसेको सूचना गाउँलेले प्रहरीलाई दिएका थिए।

प्रहरीले नियन्त्रणमा लिएकालाई बुधबार साँझ वीरगन्जस्थित नारायणी अस्पतालमा स्वास्थ्य परीक्षण पछि बुधबार रातिदेखि सिद्धार्थ माविमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको हो ।

प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएका सबै ११ जना रौतहट घर भएका मुस्लिम समुदायका मानिस हुन् । रौतहटको यमुनामाइ गाउँपालिका ३ हजमीनियाका ६ , वडा नम्बर ४ सरुअठाका १ , राजपुर नगरपालिका २ फतुहा महेशपुरका ४ जना छन् ।

प्रतिक्रिया