शुक्रबार, वैशाख १४, २०८१

नेपालमा छैैटौ व्यक्तिमा कोरोना पुष्टी

नेपालखोज २०७६ चैत २० गते १६:३६

काठमाण्डौ । नेपालमा छैटौं कोरोना भाइरस (कोभिड–१९)को संक्रमित भेटिएका छन् । ती व्यक्ति चैत ४ गते नेपाल आएका थिए ।

उनी चैत ४ गते फ्लाइट नं क्युआर ६५२ मा आएका थिए ।

दोहा हुँदै काठमाडौ आएका व्यक्तिमा पोजिटिभ देखिएको हो । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताले प्रेस मिटमा उक्त कुरा जनाएका हुन् । यो सँगै नेपालमा अहिलेसम्म संक्रमितको संख्या ६ पुगेको छ ।

उनी बागलुङकी ६५ वर्षकी वृद्ध महिला भएको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म घरमै बसेकी उनलाई अस्पताल ल्याउने तयारी भइरहेको चिकित्सकहरुले बताएका छन् ।

यसअघि सोही जहाजमा आएका दुईजनामा पनि कोरोना संक्रमण देखिएको थियो। दुबै संक्रमित टेकु अस्पतालको आइसोलेसनमा उपचाररत छन्।

प्रतिक्रिया