शुक्रबार, वैशाख १४, २०८१

कोरोना : बैंकहरुले गरे ४७ लाख सहयोग

नेपालखोज २०७६ चैत २० गते २०:०९

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गरेको कोभिड– १९ को जोखिम नियन्त्रण तथा व्यवस्थापन कोषमा सुदुरका बैंकले रु ४७ लाख रकम सहयोग गरेका छन् ।

कोराना जोखिम नियन्त्रण कोषमा सिद्धार्थ बैंक लिमिटेडले रु १० लाख, सिटिजन्स बैंकले रु सात लाख, कृषि विकास बैंक र नेपाल बैंक लिमिटेडले रु पाँच÷पाँच लाख रकम सहयोग गरेको छ । धनगढीस्थित कुमारी बैंक प्रदेश कार्यालयले रु १० लाख, गरिमा बैंक धनगढी शाखा र माछापुच्छ्रे«्र बैंकले रु पाँच÷पाँच लाख रकम सहयोग गरेका हुन् ।

यस्तै कोषमा धनगढीका आठ जनाले पनि रु १६ हजार पाँच सय ५१ जम्मा गरेका प्रदेश सरकारले जनाएको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाले सहयोग गरेको रकमबाट प्रदेशमा आवश्यकपर्ने सामग्री खरिद गर्ने तथा लकडाउनले समस्यामा परेका वर्गलाई सहयोग गरिने प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बताए। रु ४० करोड प्रदेश सरकारले कोषमा राखी अन्य क्षेत्रलाई सहयोगको अनुरोध गरेसँगै सहयोग आउनेक्रम जारी रहेको मुख्यमन्त्री भट्टले बताए ।

उनका अनुसार केही बैंक तथा वित्तीय संस्थाले समेत सहयोग घोषणा गरेका छन् । यस्तो विषम परिस्थितिमा देशलाई हरेक नागरिकको सहयोगको खाँचो रहेको बताउँदै विश्वव्यापी फैलिएको कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन हामी साधनस्रोतले भ्याएसम्म सक्दो सेवा दिनबाट पछि नहटी जनताको सेवामा समर्पित रहेको उनको भनाइ छ ।

प्रतिक्रिया