शुक्रबार, वैशाख ७, २०८१

विदेशबाट आएर पनि सम्पर्कमा नआएका १ सय ८ जनालाई पक्राउ पूर्जि काटिँदै

नेपालखोज २०७६ चैत २० गते २१:३१

काठमाडौं । विश्वभरी नै महामारीका रुपमा फैलिएको कोरोना संक्रमणले नेपालमा पनि त्रास बढाएको छ । समाचार तयारपार्दासम्म नेपालमा ६ जनालाई कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण देखिएका सवै जना विदेशबाट आएका व्यक्ति भएका कारण पनि सरकारले विदेशबाट नेपाल आएका नेपालीहरुलाई सम्पर्कका आउन र क्वारेण्टाइनमा बस्नका लागि आग्रह गरेपनि कतिपयले सरकारले गरेको आग्रहलाई टेरेका भने छैनन ।

पछिल्लो समय कोरोना संक्रमण चैत ४ गते कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट यात्रा गरी आएका व्यक्तिहरुमा मात्र देखा परेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । त्यसकारण पनि चैत ४ गते कतार एयरबाट नेपाल आएका १ सय ५८ जनालाई नै सरकारले सम्पर्कमा आउन आग्रह गरेको छ ।

सरकारको आग्रह अनुरुप नै १ सय ४० जना सम्पर्कमा आईसकेका छन् । ती मध्ये ३ जनालाई कोरोना पुष्टि भईसकेको छ भने उनीहरुलाई आइसोलेसनमा राखेर उपचार भईरहेको छ । अधिकांशलाई क्वारेण्टाइनमा राखिएको छ । कोरोना शंका लागेका व्यक्तिलाई घरभित्रै क्वारेण्टाइनमा बस्न आग्रह पनि गरिएको छ ।

तर यतिखेर विश्व नै त्रासमा रहेको बेला चैत ४ गते कतार एयरबाट आएका मध्ये १८ जना सम्पर्कमा नआएपछि उनीहरुलााई प्रहरीले पुर्जि काटेरै पक्राउ गर्ने तयारी गरिरहेको प्रहरी श्रोतले जनाएको छ ।

कतार एयरसँगै सरकारको आग्रहलाई अटेर गरी सम्पर्कमा नआएका भारतको दिल्लीबाट आएको भिष्टरा एयरबाट आएका मध्ये ५१ जना र युएईको सारजहाबाट आएको एयर अरेवियाको जहाजबाट आएका मध्ये ३९ जनालाई पनि प्रहरी पक्राउन गर्ने तयारी गरिरहेको बुझिएको छ ।

 

प्रतिक्रिया