बिहीबार, वैशाख १३, २०८१

प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने कार्य कदापी स्विकार्य हुँदैन : महत

नेपालखोज २०७६ चैत २० गते २२:०२

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश शरण महतले प्रेस स्वतन्त्रता माथि कुनै पनि किसिमको अंकुश लगाउने कार्य आफूलाई कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन् ।

सरकारले काठमान्डु प्रेस नामक अन्लाईन पत्रिकाले चीनबाट मेडिकल सामान खरिदका विषयमा ‘महँगो स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता’ रहेको भन्ने सामाचार प्रकाशित गरेको बिषयलाई लिएर सत्ताक़ो दबावमा वेब डेभलपरले समाचार पोर्टलभित्र गएर प्रकाशित समाचार हटाएको बिषय प्रति ध्यानाकर्षण गराउँदै महतले सो कुरा बताएका हुन् ।

काठमाडौं प्रेसले प्रकाशन गरेको समाचार अनधिकृत रुपमा हटाउन निर्देशन दिने सरकारको हर्कतले प्रेस स्वतन्त्रता माथि ठुलो आक्रमण भएको महतको आरोप छ ।

सरकारले गरेको स्वास्थ्य सामग्री खरिदमा भएको ठुलो आर्थिक अनियमिता तर्फ संकेत गर्दै उलने स्वास्थ्य सामग्री खरिद प्रकरणमा संलग्नहरुलाई छानविन गरी तुरुन्त कार्वाही गर्न समेत सहमहामन्त्री महतले माग गरेका छन् ।

प्रतिक्रिया