शनिबार, असोज १९, २०८१

कोरोना : नीति तयार गर्न स्वास्थ्य सल्लाहकार समितिलाई जिम्मा

नेपालखोज २०७६ चैत २१ गते १६:३६

जनकपुर । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा गठित उच्चस्तरीय ‘कोरोना नियन्त्रण तथा रोकथाम’ निर्देशक समितिले कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक नीति तयार गर्न प्रदेश स्वास्थ्य सल्लाहकार समितिलाई दिएको छ ।

समितिको आज यहाँ बसेको बैठकले प्रदेशको स्वास्थ्य सल्लाहकार समितिलाई सम्भावित सो भाइरसको जोखम नियन्त्रणका लागि सरकारलाई गर्नुपर्ने काम बारे तथ्यगत सूचीसहितको नीति निर्माण गर्ने जिम्मेवारी दिइएको हो । बैठकले समितिलाई छिटो नीति तयार गरी सरकारलाई उपलब्ध गराउन निर्देशन समेत दिएको छ ।

सो स्वास्थ्य सल्लाहकार समितिमा डा रामकेवल साह, डा सुरेन्द्र यादव, डा प्रवीण मिश्र, डा काशीकान्त झा, डा विजयकुमार सिंह, डा गरिबदास ठाकृुर, डा जेके लाल रहेका छन् । सल्लाहकार समितिका सदस्य डा साहले आजबाट नै कार्य प्रारम्भ गरेर यथाशीघ्र आफ्ना सुझाव सरकारलाई बुझाउने जानकारी गराए ।

प्रतिक्रिया