शनिबार, वैशाख २९, २०८१

कोभिड–१९ : यौनिक तथा अल्पसंख्यकहरु प्रति संवेदनशील हुन आग्रह

नेपालखोज २०७६ चैत २१ गते १६:५९

काठमाण्डौ । विश्वभरी महामारीको रुपमा फैलिएका कोरोना भाईरस (कोभिड १९) विश्वका २०० भन्दा बढी राष्ट्रहरुमा फैलिसकेको, उक्त भाइरसका कारण १० लाख भन्दा बढी व्यक्तिहरु संक्रमित भइसकेको र हालसम्म ५३ हजार भन्दा बढी व्यक्तिहरुले ज्यान गुमाइसकेको अवस्थामा यौनिक तथा अल्प संख्यकहरुको बिषयमा संवेदनशील हुन सरकारका तीनवटै तहलाई यस क्षेत्रमा क्रियाशील युवालय, युवा लगायतका विभिन्न १६ वटा संघसंस्थाहरुको समूह राइट हेयर राइट नाउ नेपालले अनुरोध गरेको छ ।

आज विज्ञप्ति जारी गर्दै कोभिड १९ कै कारण नेपालमा पनि ७ जना व्यक्ति संक्रमित रहेको पुष्टी भएको अवस्थामा यस महामारीको अन्त्यका लागि तीनै तहका सरकारले चालेका प्रयासलाई सह्राना गर्दै नागरिक समाजले नेपाल सरकारसँग हातेमालो गरी थप सहकार्य, समन्वय गर्नु आवश्यक रहेको समेत बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हाल यसको संक्रमण दरमा कमी ल्याउन र पहिचान भएका संक्रमित व्यतिmहरुको उपचारका लागि नेपाल सरकारले आफ्नो क्षमता तथा श्रोतको आधारमा गरेको पहललाई हामी स्वागत गर्न चाहन्छौं । संक्रमणमा कमीका लागि नेपाल सरकारले पटक–पटक गरी देशभरि लकडाउन गरिएको अवस्था रहेको छ, जो आवश्यक पनि छ । यस अवस्थामा सिमान्तकृत वर्ग तथा दैनिक ज्यालादारीबाट जिविकोपार्जन गर्ने परिवारमा ठूलो असर पर्ने देखिन्छ जसले ती समूहहरुमा अझ बढी असर पर्न जाने हुन्छ ।’

यसैगरी, नेपालमा यौनिक तथा लैंगिक अल्पसंख्यक र अन्तरलिङ्गीहरुको अधिकारमा कार्यरत संस्थाहरुले यस विषम परिस्थितीमा अझै पनि आफ्नो पहिचान स्थापनाका लागि संघर्षरत यौनिक तथा
लैंगिक अल्पसंख्यक र अन्तरलिङ्गी व्यक्तिहरुको विषयमा बढी संवेदनशिलताका लागि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार तथा सम्बन्धित सरकारी तथा गैरसरकारी संस्थाहरुलाई समेत आग्रह गरिएको छ ।

जारी विज्ञप्तिमा देशका विभिन्न स्थानमा सञ्चालन गरिएका क्वारेन्टीनहरु लगायत अन्य सेवा प्रदायक स्थानहरुमा यौनिक तथा लैंगिक अल्पसंख्यक तथा अन्तरलिङ्गीहरुको पहिचान तथा आवश्यकतालाई पनि मध्यनजर गर्दै सम्बन्धित निकायहरुलाई सोहि अनुरुप यौनिक तथा लैंगिक अल्पसंख्यक तथा अन्तरलिङ्गी मैत्री आवश्यक सेवारसुविधा भेदभाव रहित वातावरणमा उपलव्ध गराउन माग गरेको छ ।

यस्तै, लकडाउनको अवस्थामा पनि विभिन्न प्रकारका हिंसा तथा यौन दुर्वर््यवहारको घटनाहरु आईरहेको अवस्थामा सम्बन्धित सुरक्षाकर्मीहरुमा आवश्यक निर्देशन जारी गरिदिनुपर्ने, कुनै परिवारमा सक्रमण भएको अवस्थामा ति परिवारमा रहेका यौनिक तथा लैंगिक अल्पसंख्यक तथा अन्तरलिङ्गी व्यक्तिहरुमाथि हुन सक्ने लाञ्छना तथा भेदभावबाट बचावटका लागि आवश्यक परामर्शको व्यवस्था गर्नुपर्ने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संक्रमित परिवार तथा व्यक्तिहरुको फोटो तथा पूर्ण विवरण संचार माध्यमले प्रचारप्रसार गर्ने गरेको पाइएको हुदां उतm कार्य निरुत्साहित गर्न आवश्यक कदम चाल्नुपर्ने र यौनिक तथा लैंगिक अल्पसंख्यक तथा अन्लरलिङ्गी व्यक्तिहरु अझ पनि समाजमा खुलेर आफ्नो पहिचान स्थापित गर्र्न संघर्षरत नै छन् । नेपालको संविधान तथा नेपाल सरकार पक्ष राष्ट्र रहेका विभिन्न महासन्धिले पनि कुनै पनि व्यक्तिलाई कुनै पनि आधारमा भेदभाव गर्न नपाइने कुरालाई स्विकार गरिएको छ । हाल विभिन्न निकायबाट जोखिमतामा रहेका व्यक्तिहरुको लागत संकलन तथा राहत वितरण गर्ने क्रम अघिबढिरहेको सन्दर्भमा औनिक तथा लैंगिक अल्पसंख्यक तथा अन्लरलिङ्गी व्यक्तिहरुको पहिचानकै कारण तथा नगरिकता नभएका कारणबाट राहत प्राप्तीबाट वञ्चित हुनुपर्ने अवस्था आउन नदिनका लागि आवश्यक कदम चाल्नु उनीहरुले अनुरोध गरेका छन् ।

यौनिक तथा लैंगिक अल्पसंख्यक तथा अन्तरलिङ्गी समुदायका कतिपय व्यक्तिहरु एच.आई.भी संक्रमणमा बाँचिरहेका र नियमित ए.आर.टी सेवा लिनु पर्ने बाध्यतालाई मध्यनजर गर्दै यस्तो विषम
परिस्थितीमा ए.आर.टी को सहज पहुचताका लागि आवश्यक वातावरण निर्माण, लागि आवश्यक कदम चाल्नु हुन र नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारलाई युवा, यौनिक तथा लैंगिक अल्पसंख्यक तथा अन्तरलिङ्गी सम्बन्धि आवश्यक सहयोग, सल्लाह तथा परामर्श आवश्यकता परेको खण्डमा अनूसूची (क) मा उल्लेखित संस्थामा सम्पर्क गरि सहयोगको माग गर्न समेत उनीहरुले माग गरेका छन् ।

प्रतिक्रिया