पोखरामा कोरोना पोजेटिभ देखिएको भन्ने समाचार गलत, सरकारले भन्यो पोखरामा कुनै केस पोजेटिभ छैन
नेपालखोज
२०७६ चैत २१ गते १८:०५
काठमाडौँ । पोखरामा एक जना कोरोना सक्रमित भेटिए भनि सञ्चार माध्यममा आएका समाचार गलत भएका छन् । सरकारले अहिलेसम्म पोखरामा कुनै पोजेटिभ केस नदेखिएको प्रष्ट पारेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको पुष्टि गरेको हो । पोखरामा अहिलेसम्म कोही पनि व्यक्तिमा कोरोना संक्रमणको पोजेटिभ रिपोर्ट नभेटिएको स्पष्ट पारेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.ल विकास देवकोटाले भने, पोखरामा हालसम्म कोरोना संक्रमित कोहि छैन । तर यस अघि
गण्डकी प्रदेशमा कोराना भाइरसको प्रगोगशाला स्थापना भएपछि प्रदेशस्तरीय कोरोना रोकथाम समितिका संयोजक मन्त्री किरण गुरुङले एकजनामा पोजेटिभ रिपोर्ट देखिएको बताएक थिए । यस्तै गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयको आधिकारिक बेवसाइटमै कुल संक्रमितको संख्या ७ भनेर अपडेट गरिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया