शुक्रबार, वैशाख ७, २०८१

लकडाउनका बेला बालबालिकाको संरक्षण गर्न अधिकारकर्मीहरुको आग्रह

नेपालखोज २०७६ चैत २१ गते २०:४१

काठमाण्डौ । कोरोना भाइरस (कोभिड–१९)ले विश्वभरि महामारीको स्वरुप लिइरहेका बेला बालबालिकाको संरक्षणमा विशेष ध्यान दिन बालअधिकारवादी संघसंस्थाहरुले अपिल जारी गरेका छन् ।

आज अपिल जारी गर्दै उनीहरुले कोरोना संक्रमण रोकथाम र नियन्त्रण गर्न लकडाउनको घोषणा गरेको अवस्थामा बाबालिकामाथि विभिन्न खालका जोखिम हुन सक्ने भएकाले उनीहरुको संरक्षणको निम्ति राज्यका सबै निकाय जिम्मेवार हुनुपर्ने बताएका छन् ।

पछिल्लो समयमा बालबालिकामाथि दुर्व्यवहारका घटना सार्वजनिक भइरहेको बताउँदै अपिलमा भनिएको छ, ‘यही १४गते कपिलवस्तुमा १३ वर्षकी बालिकामाथि छिमेकी युवकले बलात्कार गरेको थियो । पीडितआफैले निवेदनदिंदापनि यो विषयलाई प्रहरीले त्यती गम्भिरता लिएको देखिदैन । त्यस्तै ललितपुरमा १८ वर्षिय किशोरिलाई जबरजस्ती करणणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको थियो ।’

लकडाउनका कारण विद्यालयमा अध्ययनरत तथा एसईई परीक्षा एवं उच्च माध्यमिक परीक्षाको तयारीमा रहेका बालबालिकामाथि मनोसामाजिक तनाब समेत रहेकोले यो अवस्थामा सबै उत्तिकै संवेदनशील हुनुपर्ने बाल सहभागितामा कार्यरत संस्थाहरुको साझा समुह (कन्सोर्टियम नेपाल) का अध्यक्ष किरण थापाले बताए ।

बालहिंसाविरुद्ध क्रियाशील राष्ट्रिय कार्य समन्वय समूह (एनएसिजी नेपाल),महिलातथाबालबालिका बेचविखन विरुद्ध सहकर्मी समूह नेपाल(एटविन),बालगृहहरुको सञ्जाल (सिनेट नेपाल), सिआरसि एचआरटिएमसिसि कमिटि, यात्रामा रहेकाबालबालिकाको अधिकार संरक्षण अभियान,राष्ट्रिय बाल संरक्षण सञ्जाल,बालसहभागिताकालागिकार्यरत संस्थाहरुको साझा समूह (कन्सोर्टियम नेपाल),

बालबालिकाशान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप), बालमैत्री स्थानीयशासन राष्ट्रिय मञ्च, शिक्षानिगरानी समूह, समाहितशिक्षामञ्च नेपाल, सिआरसि ओपिथ्रि अनुमोदनकालागिनागरिक समाजको राष्ट्रिय सञ्जाल, बालिकाअधिकारकालागि राष्ट्रिय सञ्जाल,सामाजिक सुरक्षानागरिक समाज सञ्जाल, नाओस र नाक्रो गरी १६ वटा संस्थाहरुको ऐक्यबद्धतासहितले अपिल जारी गरेका छन् ।

जारी अपिलमा भनिएको छ,‘बाल गृहमा रहेका बालबालिका, बेचबिखन विरुद्धको पुनस्र्थापन गृह, शरणार्थी शिविरमा रहेका बालबालिका, सडक बालबालिका, अपांगता भएका, श्रममा रहेका बालबालिकाहरुको सर्वोतम हितलाई ध्यानमा राखी सामाजिक सुरक्षाको विशेष व्यवस्था मिलाउनु पर्दछ ।’

यसैगरी गर्भवतीमहिला, सुत्केरी महिलाहरुलाई तथा नवजात शिशुहरुको स्वास्थ्य उपचार तथा आवश्यक भ्याक्सिनहरुको सर्वशुलभताको लागि आवश्यक व्यवस्था गरिदिनु पर्ने, बालसुधार गृहमा रहेका बालबालिकाहरुका सम्बन्धित अभिभावकले सम्पर्क गरि लैजान सकिने निर्णय गरिएतापनि सम्बन्धित अभिभावकसम्म सञ्चार नपुगेको र बालबालिका लैजान चाहने अभिभावकहरुले लकडाउनका कारण असम्भव रहेको अवस्थामा आवश्यक व्यवस्था मिलाउन समेत आग्रह गरेको छ ।

यस्तै, अपिलमा संचारका माध्यमहरुबाट बालबालिकाहरुको लागि सन्देशमूलक तथा ज्ञानमूलक कार्यक्रमहरु सञ्चालन गर्न पहल गरिदिन पनि अनुरोध गरिएको छ । खासगरी लकडाउनको अवस्थामापनिबालहिंसा तथा यौन र्दुव्यवहारको घटनाहरु आईरहेको अवस्थामा सम्बन्धित सुरक्षाकर्मीहरुमा आवश्यक निर्देशन जारी गरिदिन समेत आग्रह गरेको छ ।

प्रतिक्रिया