बिहीबार, चैत १५, २०८०

भ्रमपूर्ण समाचारको पछि नलाग्न कांग्रेस नेता डा.महतको आग्रह

नेपालखोज २०७६ चैत २३ गते १५:४६

काठमाण्डौ । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले आफूले दिएको एउटा टेलिभिजन अन्तरवार्तालाई तोडमोड गरेको बिषयमा ध्यानाकर्षण भएको बताएका छन् ।

महतले आज एक विज्ञप्ति जारी गर्दै एउटा अनलाइनले मध्यावधि निर्वाचनको माग ग¥यो भनेर प्रचार गरिएकोमा आपत्ति जनाएका छन् । उनले आफूले यो सरकार देशमा कोरोनाको कारण सिर्जना भएको बिषम परिस्थितिमा पनि जनताको सुरक्षामा भन्दा व्यापक अनियमिततामा लिप्त भएको भन्ने बिषय रहेको समेत स्पष्ट पारेको छ ।

उनले भनेका छन्, ‘मैले कोरोना संक्रमण सकिएपछि कस्ता–कस्ता अवस्था आउन सक्छन भन्ने बिषयका बारे गरेको विश्लेषणलाई बंग्याएर हेडलाइन मै मध्यावधि निर्वाचन चाहियो भनेर प्रचार हुँदा दुःख लागेको छ ।’

विज्ञप्तिमा अहिलेको अवस्थामा हाम्रो सम्पूर्ण माग देशलाई संक्रमणबाट पार लगाउन सरकार थप गम्भीर बनोस् भन्ने हो । र, चाँडो भन्दा चाँडो देश यो संक्रमणमुक्त होस् भन्ने नै भएको उल्लेख छ ।

महतले अनलाइनमा प्रकाशित समाचारको भ्रममा नपर्न आग्रह गर्दै सबैले एक अर्कालाई सघाउने समय भएको समेत बताएका छन् ।

प्रतिक्रिया