शुक्रबार, वैशाख ७, २०८१

पुनः लकडाउन लम्ब्याउने तयारी

नेपालखोज २०७६ चैत २४ गते १३:१७

काठमाण्डौ । सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिन लकडाउन लम्ब्याउने तयारी गरेको छ ।

आज (सोमबार) २ बजे बस्ने मन्त्रिपरिषद्को बैठकले लकडाउन बढाउने तयारी गरेको हो । यसब बिषयमाृ कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकमा पनि यसबारे छलफल भएको थियो ।

‘सुदूरपश्चिम सरकारले पनि लकडाउन लम्ब्याउन सिफारिस गरिसकेको अवस्थामा स्थानीय संक्रमणलाई समुदायमा जान नदिन यसको विकल्प सरकारसँग पनि नरहेको बताइएको छ ।

आज बस्ने मन्त्रिपरिषद् बैठकले कम्तिमा एक साता बढी लकडाउन बढाउन सकनेछ ।

नेपालमा दोस्रो संक्रमण देखिएपछि सरकारले ११ चैतबाट १८ गते बिहान ६ बजेसम्मका लागि लकडाउन गरेको थियो । त्यो अवधिमा संक्रमितको संख्या थपिएपछि यसलाई ८ दिन लम्ब्याइएको छ, जुन चैत २५ गते १२ बजेसम्म रहनेछ ।

तर यो बीचमा कैलालीको धनगढी–५ मा विदेशबाट आएका एक संक्रमितको परिवारका सदस्यमा पनि कोरोना संक्रमण देखिएको छ भने भारतबाट आएका दुई जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया