बिहीबार, जेठ १०, २०८१

चीनको कुन्शान शहरबाट स्पेनलाई स्वास्थ्य सामग्री सहयोग

नेपालखोज २०७६ चैत २४ गते १३:५२

काठमाडौँ । चीनको जियाङ्सु प्रान्तको कुन्शान शहरले कोरोनाभाइरस रोग विरुद्ध संघर्षरत स्पेनका लागि स्वास्थ्य सामग्री प्रदान गरेको स्थानीय नगर सरकारले जनाएको छ ।

नगर सरकारका अनुसार प्रदान गरिएको स्वास्थ्य सामग्रीहरुमा ५० हजार थान डिस्पोजेबल मास्क, ५ हजार थान ग्लोब र ५ हजार थान सुरक्षा पोशाक रहेका छन् । शाङ्घाईस्थित अग्रणी स्पेनी व्यावसायिक समूह मोन्द्रागोन कर्पोरेशनलाई उक्त सामग्री हस्तान्तरण गरिएको छ ।

मोन्द्रागोन कर्पोरेशनको ओर्कील इलेक्ट्रोनिक्स ९कुन्शान० कम्पनीले दुवै देशबीचको प्रगाढ सम्बन्धलाई विचार गरी यी सामग्रीको अभाव रहे पनि स्पेनलाई प्रदान गरिएको जनाएको छ ।

गत जनवरीमा कोरोनाभाइरसको संक्रमण फैलिएसँगै कुन्शान मोन्द्रागोन औद्योगिक पार्कका धेरै स्पेनिस कम्पनीहरुले स्थानीय सरकारलाई अत्यावश्यकीय चिकित्सा सामग्री प्रदान गरेका थिए ।

गत महिना, मोन्द्रागोन कर्पोरेशनका साथै शाङ्घाई कार्यालयले २ हजार ९६० थान एन९५ मास्क, १०० थान सुरक्षात्मक पोशाक समेतका सामान क्विएनडेङ नगरलाई हस्तान्तरण गरेका थिए ।

सन् २०१० मा कुन्शान मोन्द्रागोन औद्योगिक पार्क कुन्शान सरकार र मोन्द्रागोनद्वारा संयुक्त रुपमा स्थापना गरिएको थियो ।

प्रतिक्रिया