झापामा क्वारेन्टाइनमा बसेका पचास प्रतिशत फिर्ता
नेपालखोज
२०७६ चैत २५ गते ८:३०
झापा । झापाको क्वारेन्टाइनमा बसेकामध्ये करीब पचास प्रतिशत घर फर्किएका छन् । क्वारेन्टाइनमा १४ दिन पूरा गरेपछि उनीहरुले घर फर्किने अनुमति पाएका हुन् । पछिल्लो जाँचमा कोभिड–१९ को कुनै पनि लक्षण देखा नपरेका कारण सरकारले तोकेबमोजिमको क्वारेन्टाइन अवधि पूरा गरेर सोमबारसम्म झापामा १०२ जना घर फर्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार झापामा स्थानीय तहले बनाएका २२ वटा क्वारेन्टाइनमा २४० जना बस्दै आएका थिए । अब १३८ जना बाँकी छन् । झापामा भारतलगायत विदेशी मुलुकबाट हालसम्म ५९४ स्वदेश फर्केका र उनीहरुका परिवारका सदस्यसहित एक हजार ३१ जना होम क्वारेन्टाइनमा बसेको जिल्ला समन्वय समितिले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया