तीन हजार पर्ने थर्मल गन १५ हजारमा बेच्ने अग्रवाल प्रहरी नियन्त्रणमा
नेपालखोज
२०७६ चैत २५ गते १४:५१
काठमाण्डौ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रण गर्न लागू गरिएको लकडाउनको फाइदा उठाउन लागेका व्यापारी सुलभ अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ ।
शंकर ग्रुपका मालिक समेत रहेका अग्रवाल जगदम्ब स्टिल्स तथा सिमेन्टका सञ्चालक समेत रहेका छन् । उनले बजारमा अहिलेको संवेदनशील अवस्थाको फाइदा उठाउँदै कालोबजारी गरेको अभियोग लगाइएको छ ।
हाल बजारमा ३ हजारमा पाइने थर्मल गनलाई १५ हजार रुपैंयामा बेचेको गुनासो परेपछि महानगरीय प्रहरी अपराध महाशाखको टोलीले काठमाण्डौको नक्सालबाट अग्रवाललाई पक्राउ गरेको हो ।
सम्बन्धित
प्रतिक्रिया