कक्षा ११ र १२ को बोर्ड परीक्षा स्थगित
नेपालखोज
२०७६ चैत २५ गते १५:४३
काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । मंगलबार दिउँसो बसेको परीक्षा बोर्डको बैठकले अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले कोरोना भाइरसका कारण देश बन्दाबन्दीमा रहेकोले तत्कालका निम्ति निर्धारित परीक्षा तालिका स्थगित गर्ने निर्णय भएको बताए । उनले सरकारले बन्दाबन्दी खोलेपछि मात्र अर्को सूचना जारी हुने बताए ।
बोर्डले आगामी ८ वैशाखबाट कक्षा १२ र २१ वैशाखबाट कक्षा ११ को परीक्षा तालिका तोकेको थियो । कोभिड–१९ का कारण ६ चैतबाट हुने एसईई रोकिएको छ ।
सम्बन्धित
प्रतिक्रिया