सोमबार, वैशाख १५, २०८२

वैशाख १८ गतेसम्म अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध

नेपालखोज २०७६ चैत २५ गते १८:००

काठमाडौं । विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको कोरोना भाईरस संक्रमण रोक्नका लागि नेपाल सरकारले वैशाख ३ गतेसम्मका लागि प्रतिवन्ध लगाएको अन्तर्राष्ट्रिय उडानको समय थप गरेको छ ।

आज बसेको कोभिड १९ सम्वन्धिी उच्चस्तरीय समितिको वैठकले वैशाख १८ गते सम्म अन्तर्राष्ट्रि उडानमा रोक लगाउने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले बताएका हुन् ।

विदेशी एयरलाइन्सहरुले यात्रु ल्याउन रोकेको भएपनि कोरोना संक्रमणका कारण नेपालबाट आफ्नो देश फिर्ता जाने यात्रुहरुका लागि भने खाली विमान नेपालमा अवतरण गर्न सरकारले रोकावट गरेको छैन ।

प्रतिक्रिया