कोभिड–१९ परीक्षण गर्न भक्तपुर अस्पतालमा पिपी बुथ
नेपालखोज
२०७६ चैत २५ गते १९:१५
भक्तपुर । भक्तपुर अस्पताल दूधपाटीमा आजदेखि कोभिड–१९ का सम्भावित सङ्क्रमित बिरामीको परीक्षणका लागि पिपी बुथ राखिएको छ । अस्पतालको इमर्जेन्सी वार्डको बाहिर यो बुथ राखिएको भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिइन् ।
डा महाविर पुनः अध्यक्ष रहेको राष्ट्रिय अनुसन्धान केन्द्र र अमेरिका नेपाल मेडिकल फाउण्डेशनको सहयोगमा उक्त बुथ राखिएको हो । सुपरिटेन्डेन्ट डा गौतमले कोभिड–१९ सम्भावित सङ्क्रमितको घाँटीबाट ¥याल निकाल्ने क्रममा चिकित्सकलाई कोरोना भाइरस सर्नबाट जोगाउन बुथ राखिएको बताइन् ।
बुथ बाहिर रहेको कोरोना आशङ्काका बिरामीको बुथभित्र बसेर चिकित्सकले घाँटीबाट ¥याल निकाल्ने भएकाले रोग सर्ने सम्भावना शून्य हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया